संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री

काठमाडाैं | भदौ २६, २०८१

संविधान जारी हुनुमा नेम्वाङको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधानसभाबाट संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 

    
संविधानसभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा आज तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले दिवङ्गत नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताउनुभयो । 

    
दोस्रो संविधानसभा असफल हुन नदिन तथा संविधान जारी गर्नमा संविधानसभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधानसभाको अध्यक्षता गर्नुभएको कुरा सधैँ सम्झनामा रहिरहने बताउनुभयो । 

    
उहाँले भन्नुभयो, “नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उहाँको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।”

    
अध्यक्ष ओलीले नेम्वाङका नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नुभयो । उहाँले नेपालको परिवर्तनमा योगदान गर्नुभएका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उहाँहरूले अँगाल्नुभएको बाटो, व्यवहार र आचरणअनुरुप चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेम्वाङले देखाउनुभएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो । 

काठमाडौं:  शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए ।  प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...

थप पढ्नुहोस्

पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

थप पढ्नुहोस्

काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेल...

थप पढ्नुहोस्